समाचार
रुपा गाँउपालिकाको संक्षिप्त विवरण
वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४। ०१।३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ । ०२।०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ ।०२ ।१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा.वि .स हरुको सबै र साविक हंसपुर गा.वि स.का (वडा नं. ५ र ८ बाहेकका)ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित छ । भैगोलिक भएको, विविधतामा एकता कायम रहेको,प्रकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो ।