समाचार
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश कार्यालयको मिति 2081।09।12 को प्रकाशित सूचना वमोजिम पूर्व सिकाइको मान्यता (Recognition of Prior Learning-RPL) विधि अनुसार कार्यान्वयन हुने विभिन्न पेशाका एकाइगत (Unit-Based) सीप परीक्षण कार्यक्रम गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, नेपाल व्यावसायिक योग्यता प्रणालि परियोजना र रूपा गाउँपालिकाको लागत साझेदारिमा सहुलियत शुल्कमा सञ्चालन हुने हुँदा सहभागी हुन चाहने स्वदेशि वा वैदेशिक रोजगारीवाट अनुभव प्राप्त तथा परम्परागत सीपयुक्त रूपा गाउँपालिका निवासी नागरिकहरुवाट तपशिलका पेशा व्यवसायमा फारम भरी सम्वन्धित वडा कार्यालय वा श्रम तथा रोजगार शाखा, रुपा गाउँपालिकामा पेश गर्न हुन सम्वन्धित सवैलाई जानकारी गराइन्छ।
आवेदन शुल्कः प्रतिव्यक्ती रू २७०।
सीप परिक्षण हुने विषयहरुः
१. कन्स्ट्रक्सन मेशन-(तह२)
२. प्लम्वर-(तह २)
३. वेल्डर-(तह२)
४. विल्डिङ पेन्टर (तह२)
५. टायल मार्वल फिक्सर (तह १)
६. मोटरसाइकल मेकानिक (तह २)
७. सेल मोवाइल फोन टेक्निसियन-(तह२)
८. कम्प्युटर हार्डवेयर एण्ड नेटवर्कीङ टेक्निसियन (तह२)
९. रेफ्रिजेरेटर एण्ड एयरकन्डिसन मेकानिक (तह२)